अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५७ | Colorodo: 18:12

अमेरिकाबाट कृष्णले ल्याए ‘टिकटक क्विन: सुपरम्यान'( भिडियो)

बिआरटीनेपाल २०७७ फागुन १५ गते ८:२४ मा प्रकाशित

काठमाडौँ । नायक पल शाह, मोडेल दुर्गेश थापा सुपरम्यानको भूमिकामा रहेको बिलकुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन: सुपरम्यान’ सार्वजनिक भएको छ ।

डान्सिङ शैलीको यस गीतमा  गायक कृष्ण ढकाल र गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ।  गीतमा शब्द, सङ्गीत तिलक बस्नेत रहेको छ।  यस गीतलाई रमेश सिन्चुरीले सङ्गीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा गरिमा शर्मा र रुचि विश्वासको समेत अभिनय देख्न सकिन्छ। राजीव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायाङ्कन गरेका हुन्।  भिडियोमा विवेक सुनारको  सम्पादन रहेको छ।  शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।

चन्दन शाह निर्माता रहेको यस गीतको भिडियोलाई को ‘शाह प्रडक्शन फिल्म्स’ आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसै प्रडक्शन हाउस बाट  पल शाह फिचर्ड ‘हृदय भरी’ छिट्टै रिलिजको तयारीमा छ।

प्रतिक्रिया