अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२५ | Colorodo: 10:40

प्रतितोला ३ सयले घट्यो सुनको भाउ

बिआरटीनेपाल २०७७ फागुन १२ गते ८:२९ मा प्रकाशित

बुधबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला ९० हजार १ सयमा कारोबार भएको थियो भने बुधबार घटेर प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बजारमा चाँदीको भाउ घटेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला चाँदी १ हजार ३ सय ६० मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू