अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२१ | Colorodo: 23:36

पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखियो

बिआरटीनेपाल २०७७ फागुन १२ गते ८:१३ मा प्रकाशित

पशुपतिनाथ मन्दिरमा आज सुनको जलहरी राखिएको छ । मन्दिरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सुनको जलहरी राखिएको हो । गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गर्नुभएको थियो । सोही अनुसार आज सुनको जलहरी राखिएको हो । यसैबीच, सर्वोच्च अदालतले पशुपतिमा सुनको जलहरी राख्ने निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ ।

अधिवक्ता नितिका ढुंगानाले दायर गरेको रिटमा आज न्यायाधीश पुरूषोत्तम भण्डारीको इजलासले पशुपतिमा सुनको जलहरी किन राख्ने भन्दै कारण देखाउन समेत आदेश गरेको हो । सर्वोच्च अदालतका अनुसार उक्त निर्णय गर्नुको कारण खुलाएर लिखित जवाफ माग्ने, निर्णयलाई दुवै पक्षको आदेश नहुन्जेल यथास्थितिमा राख्न र दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको छ । १०८ किलोको सुनको जलहरी अर्पण गरिदा ८० करोड रुपैयाँ खर्च भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू