अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

प्रधानमन्त्री ओलीले मनाए आफ्नो ७० औं जन्मदिन

बिआरटीनेपाल २०७७ फागुन ११ गते ८:१२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्ना परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाउनुभएको हो ।

ओलीको जन्मदिनको कार्यक्रममा उहाँका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिनुभएको थियो । गत वर्ष ओलीले ६९ औं जन्मदिन जन्मघर तेह्रथुममा मनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू