अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

निर्वाचन आयोगद्वारा ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत

बिआरटीनेपाल २०७७ फागुन ११ गते ७:४२ मा प्रकाशित

निर्वाचन आयोगले ‘सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ स्वीकृत गरेको छ । आयोगले आगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यो नीति ल्याएको हो ।निर्वाचनको अवधिमा राजनीतिक दल, सञ्चार माध्यम तथा निर्वाचनका सरोकारवालाले सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने निर्वाचन सम्बन्धी सूचनाको अनुगमन गर्न यो नीति स्वीकृत गरिएको आयोगले जनाएको छ ।

निर्वाचनको समयमा सामाजिक सञ्जाल मार्फत बाह्य हस्तक्षेप हुन सक्ने जोखिम भएकाले बाह्य हस्तक्षेप रोक्नका लागि नीति ल्याइएको आयोगको भनाइ छ । सामाजिक सञ्जालबाट सिर्जित अवसरको सदुपयोग गर्ने र उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरण गर्ने प्रयास स्वरुप नीति ल्याइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू