अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

विघटनसँगै अधिनायकवादी आकांक्षा समेत बदर– कांग्रेस प्रवक्ता शर्मा

बिआरटीनेपाल २०७७ फागुन ११ गते ७:४० मा प्रकाशित

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन अमान्य घोषणा गर्दै पुनर्स्थापना गर्ने निर्णयको स्वागत गरेको छ । सर्वोच्चको फैसलालगत्तै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अदालतको फैसलाले विघटनसँगै अधिनायकवादी आकांक्षासमेत बदर गरिदिएको टिप्पणी गर्नुभएको छ ।

शर्माले लेख्नुभएको छ, ‘न्याय मूर्तिहरुलाई लाख लाख सलाम ! । संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो । फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत भएको छ ।

अर्का नेता मिनेन्द्र रिजालले संसद पुनर्स्थापना गर्ने फैसलाले अदालतप्रतिको विश्वास अझ गहिरो भएको टिप्पणी गर्दै सर्वोच्चको फैसलाले संविधान जोगिएको प्रतिक्रिया दिनुभएको छ । संविधान नै उल्टाउन खोज्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसदले हटाउने चेतावनी पनि उहाँले दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू