अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

ला लिगामा बार्सा बराबरीमा रोकियो

बिआरटीनेपाल २०७७ फागुन १० गते ७:१७ मा प्रकाशित

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना काडिजसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, खेलको ८९ औं मिनेटमा एलेक्स फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै काडिजलाई हारबाट जोगाए । बराबरीसँगै बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ ।

बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ । काडिज २५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया