अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

सर्वोच्चको आदेशपछि रिहा भएका चन्द समुहका नेता बास्तोला फेरि प्रहरीद्धारा गेटबाटै पक्राउ

बिआरटीनेपाल २०७७ फागुन १० गते ७:०२ मा प्रकाशित

नेत्रविक्रम चन्द समूहका नेता धर्मेन्द्र बास्तोलालाई प्रहरीले सर्वोच्च अदालतेका गेटबाट पक्राउ गरेको छ। बन्दीप्रत्यक्षीकरणको आदेशमा छाड्ने आदेश दिए पनि उहाँलाई बाहिर निस्कने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। बाँस्तोलालार्ई नियन्त्रणमा लिन खोज्दा केहीबेर घम्साघम्सीसमेत भएको थियो ।

बास्तोलालाई रिहा गर्न माग गर्दै अनिमा वास्तोला भण्डारीले माघ २८ गते दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै तत्काल छाड्न आज मात्रै आदेश दिएको थियो। न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बास्तोलालाई थुनामा राखिरहनु न्यायिक हिसाबमा उपयुक्त नभएको आदेश दिएको छ।

आदेशमा बास्तोलाई गरिएको पक्राउ र अदालतबाट म्याद थप्दा कारण नखुलाएकाले तत्काल छाड्न भनिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू