अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

‘अर्जुन रेड्डी’ नेपाली भर्सनको लिड कलाकारका लागी अडिसन हुँदै

बिआरटीनेपाल २०७७ फागुन ९ गते ९:३९ मा प्रकाशित

सुपर हिट दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक भर्सन बन्ने चर्चासँगै यति बेला नेपाली रिमेकको लागी चलचित्र युनिट कलाकारको खोजी गरिरहेको छ । निर्माण तथा वितरणको लागी अुनमती लिएको युवा फिल्म्सले अहिले चलचित्रको लागी कलाकारको अडिसन गर्ने तयारी गरिरहेको छ । चलचित्रलाई विशाल सापकोटाले निर्देशन गर्दैछ्न् । करिब १ वर्ष अघि नै निर्माण घोषणा भएता पनि कोरोनाका कारण चलचित्र केही समय पछि सरेको थियो ।

चलचित्रको लागी मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ । केही महिना अघि नै अर्जुन रेड्डीको रिमेक बन्ने समाचार बाहिरिएको थियो । यो चलचित्रमा केही नायकहरूको नाम समेत जोडिएको थियो । युवा फिल्म्सको अनुसार केही दिनमै अडिसन गरिनेछ भने अडिसन दिनको लागी Contact@yuwafilms.com मा इमेल गर्न आग्रह गरेका छन् ।

दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनीत यस चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यही चलचित्रको हिन्दी रिमेक ‘कबिर सिंह’ गत वर्ष प्रदर्शनमा आएको थियो । जसले निकै राम्रो व्यापार गर्न सफल भएको थियो । बलिउड अभिनेता सहिद कपुर अभिनीत चलचित्रले बक्स अफिसमा ३७९.०२ करोड कमाइ गरेको थियो ।

‘अर्जुन रेड्डी’ को निर्माण कम्पनी भद्रकाली पिक्चर्सको तर्फबाट निर्माता प्रणय रेड्डी र युवा फिल्म्सका तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । दक्षिण भारतीय चलचित्रको राइट्स लिएर निर्माण हुन लागेको यो पहिलो नेपाली चलचित्र हो । चलचित्रलाई केशव खड्का र आशिष् श्रेष्ठले निर्माण गर्दै छन् ।

प्रतिक्रिया