अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

चलचित्र पत्रकार सङ्घ नेपालको तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न

बिआरटीनेपाल २०७७ फागुन ९ गते ९:३६ मा प्रकाशित

काठमाडौँ । चलचित्र पत्रकारहरूको छाता संस्था चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा तीन दिने ‘फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला’ सम्पन्न भएको छ । बिहीबारबाट चलचित्र विकास बोर्डको हलमा सुरु भएको कार्यशाला शनिवार सम्पन्न भएको हो । बोर्डको नवनिर्मित ‘नवरस हल’ मा भएको कार्यशालामा ४० बढी पत्रकारहरू सहभागी थिए ।

चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा भएको समापन समारोहमा सहभागी प्रशिक्षार्थिहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले तीन दिने कार्यशालाले पत्रकारहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिकामा खेलेको बताए । अध्यक्ष दाहालले सहभागी मध्ये एक जना उत्कृष्ट फोटो खिचेर पठाउने एक जनालाई बोर्डले वार्षिक उत्सवको दिन प्रदान गरिने पुरस्कारबाट पुरस्कृत गरिने घोषणा गरेका छन्।

सङ्घले प्रशिक्षार्थी मध्येबाट उत्कृष्ट फोटो खिच्ने मध्येबाट एक जनालाई लेन्स पुरस्कार दिने घोषणा गरिएको छ। कार्यशालामा हरि न्यौपाने, महेन्द्र विष्ट, विजय बस्याल, विष्णु कल्पित, राजन काफ्ले, दिनेश डिसी, दीपक गुरुङ, दिलीप थापा मगर, श्याम श्रेष्ठ, र श्रीधर पौडेलले फोटोग्राफी र भिडियोग्राफीको बारेमा प्रशिक्षण दिए । फोटोग्राफी र भिडियोग्राफीमा रुचि भएका चलचित्र पत्रकारहरूका लागि कार्यशाला उपयोगी बनेको चलचित्र पत्रकार सङ्घका महासचिव समीर बलामीले बताए । यो कार्यक्रमको संयोजन सङ्घका सङ्गठन उपाध्यक्ष कुबेर डङ्गोलले गरेका थिए। सङ्घले आगामी दिनमा लेखन वृद्धि र अन्य विषयमा कार्यशाला गर्दै जाने सङ्घले घोषणा गरेको छ ।

प्रतिक्रिया