अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

देउवाको साथले ओली अधिनायकवादी भए – नेता पौडेल

बिआरटीनेपाल २०७७ फागुन ९ गते ७:१० मा प्रकाशित

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापती देउवाको सहयोगका कारण प्रधानमन्त्री ओली अधिनायकवादी भएको आरोप लगाउनु भएको छ ।
प्रेस युनियन सुनसरीले आइतबार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले देउवालाई संसद विघटनको विरुद्ध लागौं भन्दा देउवाले अदालतको निर्णय पर्खौ भनेर पन्सिएको पौडलको आरोप लगाउनुभएको हो । नेता पौडलले संसद विघटनको विपक्षमा उभिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले प्रदेश सरकार विरुद्ध आएको अविस्वासको प्रस्तावको विरुद्धमा समेत सभापती देउवा मौन वसेको तर्क गर्नुभएको छ । उहाँले देउवाले आन्दोलन गर्न पैसा नभएको भन्दै दिएको अभिव्यक्तिको सकेत विरोध जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू