अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३६ | Colorodo: 19:51

सत्ता उन्मादले मात्तिएका ओलीले देशमा आगो लगाए– अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७७ फागुन ८ गते ७:५१ मा प्रकाशित

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता उन्मादले मात्तिएको आरोप लगाउनुभएको छ । संखुवासभामा शनिबार भएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले ओलीमा सत्ता उन्माद हाबी हुँदा सिंगो मुलक बन्दी भएको बताउनुभयो । ओलीले संसद विघटन गरेर सिंगो देशमा आगो लगाएको उहाँको आरोप छ ।

जनता र समाजवाद सत्तामा पुगेर ओलीले बिर्सिएको भन्दै अध्यक्ष नेपालले ओलीलाई जंगली मत्ता हात्तीको संज्ञा दिनुभयो । ओली प्रधानमन्त्री बन्न अयोग्य भएकाले पदको गरिमा राख्न नसकेको उहाँको आरोप छ । नेपालले गफ र उखान–टुक्काले मात्रै देश चल्न नसक्ने बताउँदै अब ओलीको पतन सुरु भएको बताउनुभयो ।

विरोधसभामा नेकपाका अर्का नेता वर्षमान पुनले पार्टी, सरकार र जनमतमा तिरस्कृत भएपछि ओलीले राष्ट्रिय राजनीतिको धुरीमा आगो लगाएको टिप्पणी गर्नुभयो । प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयलाई सच्याउन सडक आन्दोलन र शक्ति प्रदर्शन नै उपयुक्त विकल्प ठानेको उहाँको भनाइ छ । नेतृ रामकुमारी झाँक्रीले ओलीले जनताबाट तिरस्कृत भएपछि संसद विघटन गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू