अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३० | Colorodo: 19:45

राष्ट्रपति र प्रधानमन्त्रीको ’गुण्डागर्दी’ चलिरहेको छ – प्रचण्ड

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:२५ मा प्रकाशित

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अहिले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ’गुण्डागर्दी’ चलिरहेको आरोप लगाउनुभएको छ । बाराको सिमरामा आज कार्यकर्ता भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना नभए तोकिएको समयमा चुनाव पनि नहुने ठोकुवा गर्नुभएको छ । ‘संसद पुनर्स्थापना नहुुने अवस्था आयो भने सरकारले तोकेको समयमा निर्वाचन हुन्न,’ उहाँले भन्नुभयोे,‘किनभने ६४ प्रतिशतको जनमत आफूहरूसँग रहेको छ हामी जनता र पार्टी दुबैमा आफूहरु अब्बल छौं। त्यसैले चुनाव हुनेमा आफूहरूलाई रतिभर विश्वास छैन।’

अध्यक्ष प्रचण्डले देशमा संसद पुनर्स्थापना नभए देश भयंकर अन्धकारमा जानेतर्फ समेत सरकारलाई सचेत गराउनुभयो । प्रचण्डले संसद पुनर्स्थापना हुने बित्तिकै प्रधानमन्त्री ओली समूहमा रहेका ९० प्रतिशत सासंदहरू आफूहरूको पक्षमा आउने जिकिर गर्नुभयो । निर्वाचन आयोग नेकपाको दुई समूहको चेपुवामा परेकै कारण आधिकारिक नेकपाको विषयमा यथार्थ निर्णय गर्न नसकिरहेको उहाको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू