अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२५ | Colorodo: 22:40

‘लोकतन्त्र व्यवहारमा अनुभूत गर्न सबै गोलबद्ध बनौं’– बृहत नागरिक आन्दोलन

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:२२ मा प्रकाशित

बृहत नागरिक आन्दोलनद्वारा घोषणा पत्र जारी गरेको छ। प्रतिनिधि सभा विघटनलगायत सरकारले गरेका विभिन्न निर्णयविरुद्ध आन्दोलन गरिरहेको बृहत नागरिक आन्दोलनले ‘टुँडिखेल मार्च पास’मा भएको नागरिक घोषणा सभामा घोषणा पत्र जारी गरेको हो।

घोषणापत्रमा लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरूलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गर्ने उल्लेख गरिएको छ। घोषणापत्रमा लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरूलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गर्ने उल्लेख गरिएको छ।

राजनीतिक आस्था र फरक विचार राखेकै आधारमा कुनै दल, समूह वा अभियानप्रति राज्यले गर्ने निषेध, प्रतिबन्ध, दमन, धरपकड, थुनछेक र हत्या तत्काल बन्द हुनुपर्ने माग गर्दै लोकतन्त्र व्यवहारमा अनुभूत गर्न सबै गोलबद्ध हुनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू