अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा गीत गल्ती २ सार्वजनिक

बिआरटीनेपाल २०७७ फागुन ७ गते ८:२१ मा प्रकाशित

बिक्रम बरालको स्वरमा रहेको ‘गल्ती’ को सफलता पछि विक्रम बराल र सज्जा चौलागाईंको आवाजमा गीत “गल्ती २” सार्वजनिक भएको छ l प्रदीप चापागाईँको शब्द सिर्जना रहेको गीतको लय कल्याण सिंहको रहेको छ ।

गीतमा विशाल पौडेलको संगीत संयोजन, प्रदीप जोशीको मिक्स मास्टरिङ्मा सुन्न सकिन्छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरे फिचर्ड छन् । विकास धमलाको सम्पादन रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् ।

प्रतिक्रिया