अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 23:56

पक्राउ परेका अभियुक्तको बयानका आधारमा भागरथीको घडी भेटियो

बिआरटीनेपाल २०७७ फागुन ६ गते ७:३३ मा प्रकाशित

बैतडीको दोगडाकेदार गाउँपालिका–७ का १७ वर्षका किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरको बयानको आधारमा घटनास्थल नजिकैबाट प्रहरीले भागरथीको घडी फेला परेको छ । प्रहरीका अनुसार सोधपुछका क्रममा ती किशोरले भागरथीको हत्यापछि उनको घडी घटनास्थलभन्दा केही तल फालेको बयान दिएका थिए ।

उनको बायनको आधारमा खोजतालस गर्दा घडी फेला परेको प्रहरीको भनाइ छ । स्थानीयको रोहबरमा सो घडी बरामद गरिएको थियो । प्रहरीले भागरथीको हत्या गरेको आरोपमा उनी अध्ययनरत सनातन धर्म माध्यामिक विद्यालयका कक्षा ११ का एक छात्रलाई पक्राउ गरेको छ । भागरथी त्यही विद्यालयको कक्षा १२ मा अध्ययनरत थिइन् ।

व्यक्तिगत रिसिइबीको कारण आफूले भागरथीको हत्या गरेको ती किशोरले प्रहरीसमक्ष स्वीकार गरेका छन् । यद्यपी परिवारका सदस्यहरुले दोषीलाई पक्राउ नगरिएको भन्दै शब बुझ्न मानेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू