अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१३ | Colorodo: 23:28

प्रतिगमनविरूद्ध नेकपाको मानव साङ्गलो

बिआरटीनेपाल २०७७ फागुन ६ गते ७:२५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कदमको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्दोलनरत पक्षले मानव सङ्गलो प्रदर्शन गरेको छ । प्रतिगमनकारी कदमविरुद्ध चरणवद्ध विरोध तथा आन्दोलन गरिरहेको नेकपा आन्दोलनरत पक्षले चौथो चरणको आन्दोलनको क्रममा मानव साङ्गलो बनाइ टुँडिखेल घेरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा आन्दोलनरत पक्षले तीन चरणका विरोध तथा संघर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ । नेकपा आन्दोलनरत पक्षका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका विरुद्ध टुँडिखेलमा मानव साङ्गलोले घेरिएको बताउनुभयो ।

मानव साङ्गलोमा नेकपाका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिनिधि सभाको असंवैधानिक कदम खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, बलात्कारीलाई कारबाही गर, प्रतिगमन मुर्दावाद लगायतका विभिन्न प्लेकार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएका थिए भने नेता कार्यकर्ताहरुले पार्टीको झण्डा र सूर्य चिन्ह पनि बोकेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू