अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१७ | Colorodo: 12:32

जीवी चिरन र आलिशाको अभिनयमा गायक भीम चापागाँईको ‘हुन्छ-हुँदैन’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७७ फागुन ४ गते ९:३१ मा प्रकाशित

गायक भीम चापागाईंको नयाँ गीत ‘हुन्छ हुँदैन’ सार्वजनिक भएको छ । साहित्यकार तथा संचारकर्मी डा. नवराज लम्सालको शब्द र दिल्ली प्रसाईको सङ्गीत रहेको यो गीत यूटुव मार्फत भिडियो सहित सार्वजनिक भएको हो ।

मनोहर सुनामको सङ्गीत संयोजन रहेको यस गीतमा प्रेमको गहिराई अभिव्यक्त छ । सुन्दर मेलोडीमा सरल र मिठा शब्दको प्रयोग यस गीतमाथि निर्माण भिडियोमा पछिल्लो समय लोकप्रिय छवि बनाएका जीवी चिरन (चिरञ्जीवी सापकोटा) र आलिशा बास्तोलाको मुख्य भूमिकामा अभिनय रहेको छ भने वाल कलाकारका रूपमा सचिन चापागाईं र निनु तिमिल्सिनाको अभिनय देख्न सकिन्छ ।

प्रकाश धितालको निर्देशनमा निर्माण भएको गीतको भिडियोमा कोरियोग्राफी केशवराज भट्टको रहेको छ । आकर्षक दृश्यहरू कैद यस भिडियोको छायाङ्कन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालको रहेको छ ।

प्रतिक्रिया