अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

युट्युब ट्रेन्डिङमा पल र स्वस्तिमाको ‘ज्यानमारा मुस्कान’ (भिडियो)

बिआरटीनेपाल २०७७ फागुन ४ गते ८:५६ मा प्रकाशित

काठमाडौँ । पछिल्लो समय नायक पल शाह र नायिका स्वस्तिमा खड्का अभिनीत ‘ज्यानमारा मुस्कान’ बोलको युट्युब ट्रेन्डिङमा परेको छ।

यस गीतमा स्वर गायक शनि विश्वकर्मा र गायिका समीक्षा अधिकारीको रहेको छ। गीतमा दुर्लभ केसीको शब्द रहेको छ भने आशिष् अविरलको सङ्गीत र सङ्गीत संयोजन रहेको छ।

सुबोल थापाले कोरियोग्राफी गरेको यस गीतको भिडियोलाई अर्जुन तिवारीले छायाङ्कन गरेका हुन । भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ। भरत बहादुर बस्नेत र दुर्लभ केसी निर्माता रहेको यस भिडियोलाई गम्भीर बिस्टको निर्देशनमा भिडियो तयार पारिएको हो ।

प्रतिक्रिया