अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४२
| Colorodo: 10:57
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ३ सय ६० जनाको पीसीआर परीक्षण गर्दा १ सय ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २ लाख ७२ हजार ९ सय ४५ पुगेको छ ।
यस्तै थप ९९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६९ हजार ३ सय ३ पुगेको छ । अहिले नेपालमा १ हजार ५ सय ८७ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म २ हजार ५५ पुगेको छ ।