अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

ओलीको हास्य अभिव्यक्ति सुन्न मानिस थुप्रिए– पूर्वमन्त्री गगन थापा

बिआरटीनेपाल २०७७ फागुन ३ गते ७:२६ मा प्रकाशित

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सभामा उपस्थित मानिसहरु उनको समर्थनमा नभएको टिप्पणी गर्नुभएको छ । चिवतनमा सोमबार आयोजिक विरोध सभामा बोल्दै पूर्वमन्त्री थापाले ओलीको सभामा आएका मानिसहरू हास्य अभिव्यक्ति सुन्नमात्र गएको बताउनुभयो ।

ओलीले देशभरी गरिरहेको सभा महाराजाको सभाजस्तो भएको आरोप लगाउँदै पूर्वमन्त्री थापाले असंवैधानिक कदम चाल्ने व्यक्ति कस्तो रहेछ भनेर हेर्न मात्रै ओलीको सभामा जनता उपस्थित भएको टिप्पणी गर्नुभयो । उहाँले ओलीले विभिन्न सभामा बोलेका कुराहरूलाई टिकटक लगायतका सामाजिक सञ्जालमा मजाक बनाइएको उल्लेख गर्दै जनताले ओलीलाई नरुचाएको बताउनुभयो ।

पूर्वमन्त्री थापाले तरवार र दरवारसँग लडेको कांग्रेसले ओलीको असंवैधानिक कदम सच्चाएर छाड्ने दावी समेत गर्नुभएको छ । राम्रो काममा कांग्रेसले कुनै पनि ठाउँमा विरोध नगरेको स्मरण गर्दै उहाँले संविधान र लोकतन्त्र विरोधीहरूलाई कांग्रेसले कहिल्यै पनि साथ नदिने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू