अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०२ | Colorodo: 20:17

विद्युतको माग तथा खपत बढाउन प्रसारण र वितरणमा लगानी बढाउनुपर्छ – कार्यकारी निर्देशक शाक्य

बिआरटीनेपाल २०७७ फागुन २ गते ७:०६ मा प्रकाशित

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् वितरणको सञ्जाल पुरानो र अपर्याप्त रहेको बताउनुभएको छ । विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा कार्यकारी निर्देशक शाक्यले विद्युतको आपूर्ति पुग्दो भए पनि विद्युत् प्रसारण र वितरणको सञ्जाल पर्याप्त नभएको बताउनुभएको हो ।

उहाँले आर्थिक स्रोत साधनका कारण विद्युत् सञ्जाल सुदृढीकरण गर्नु चुनौतीपूर्ण रहेको बताउनुभयो । कार्यकारी निर्देशक शाक्यले विद्युतको माग तथा खपत बढाउनका लागि प्रसारण र वितरणमा पनि लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

शाक्यले वितरण ट्रान्सफर्मर, वितरण सञ्जाल, ट्रान्सफर्मर स्टेशन, ट्रान्समिशन लाइन धेरै बनाउनुपर्ने अवस्था रहेको र त्यसका लागि प्राधिकरणको क्षमता कमजोर भएको बताउनुभयो । उहाँले विद्युत् प्रसारण तथा वितरण र खपतलगायत समग्र समस्या समाधानका लागि छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू