अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका– सञ्चारमन्त्री गुरुङ

बिआरटीनेपाल २०७७ माघ ३० गते ७:०५ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताउनुभएको छ । मन्त्रालयले गरेको दोलखाली पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएको हुँदा उक्त निर्देशिका ल्याउन लागेको बताउनुभयो । यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपर्ने उहाँले बताउनुभयो ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको र सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने मन्त्री गुरुङले बताउनुभयो । प्रचलित कानून अनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्यले नीति ल्याउन लागेको उहाँको भनाइ छ । पत्रकारिताको गरिमालाई उठाउनका लागि काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू