अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न प्रचण्ड नेपाल नेतृत्वको नेकपाको माग

बिआरटीनेपाल २०७७ माघ २९ गते ७:१७ मा प्रकाशित

नेकपाको प्रचण्ड –नेपाल समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । प्रहरीले बिहीबार झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेपछि प्रचण्ड –नेपाल समूहले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निसर्त रिहा गर्न माग गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा राजनीतिक आलोचनालाई राज्य विरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको उल्लेख छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले विज्ञप्ति जारी गर्दै संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको बताउनुभएको छ ।

लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचना भन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू