अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४४ | Colorodo: 22:59

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ

बिआरटीनेपाल २०७७ माघ २९ गते ७:१७ मा प्रकाशित

प्रहरीले नेकपा प्रचण्ड–नेपाल समूहका नेता रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको टोली झाँक्रीलाई उहाँकै घरबाट पक्राउ गरेको हो । यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो, तर झाँक्रीले पक्राउ पूर्जी विना जान अस्वीकार गर्नुभएको थियो ।

महाशाखाले राज्य विरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूह सम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो । झाँक्रीको पक्राउको विरोध भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू