अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३४ | Colorodo: 09:49

गण्डकी प्रदेश सभा सदस्य थापाद्वारा सांसद भत्ता सामाजिक सेवामा

बिआरटीनेपाल २०७७ माघ १४ गते ७:०२ मा प्रकाशित

जनताले दिएको पाँच वर्षको म्यान्डेट सम्माल्न नसक्दा यतिबेला नेकपाको नेताहरु आरोप प्रत्यारोपमा व्यस्त रहेको आरोप गण्डकी प्रदेश सभा सदस्य बिन्दुकुमार थापाले लगाउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आधिकारीक रुपमा फुटेपछि मात्रै कांग्रेसले गण्डकी प्रदेश सरकार पुनर्गठनका लागि आफ्नो धारणा बनाउछ उहाँले भन्नुभयो ।

प्रेस युनियन कास्कीद्वारा बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले नेकपा जनतामाझ असफल भइसकेको बताउनुभयो । सांसद थापाले कोरोनाको संक्रमणले जनता आक्रान्त बनेको बेला जनतालाई गफ र भाषणबाहेक केही दिन नसकेको भन्दै विकास बजेटको करिब ७ महिना सकिन लाग्दा मात्र १५ प्रतिशत खर्च मात्रै भएको बताउनुभयो ।

उहाँले निर्वाचनपछि राज्यबाट पाएको सेवासुविधा सामाजिक सेवामा खर्च गर्दैआएको जानकारी गराउनुभयो । २०७६ माघदेखि २०७७ पुससम्म आफ्नो बैंक खातामा आएको ८ लाख ५९ हजार रुपैयाँसहित आफूले थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गर्दै आएको थापाको भनाई छ ।

सांसद थापाले बैठकभत्ता देखि मासिक पारिश्रमिक र अन्य सुविधा सामाजिक सेवामा खर्च गरेको दाबी गर्नुभएको छ । कास्की क्षेत्र २ (ख) बाट निर्वाचिन सांसद थापाले विभिन्न २० क्षेत्रमा सहयोग गर्नुभएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू