अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०३ | Colorodo: 14:18

प्रधानमन्त्री ओली पाप पखाल्न पशुपति पुगे – भीम रावल

बिआरटीनेपाल २०७७ माघ १३ गते ६:४४ मा प्रकाशित

नेकपा प्रचण्ड नेपाल समूहका नेता भीम रावलले संविधानमाथि लात हानेर संसद् विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली पाप पखाल्न पशुपति पुगेको आरोप लगाउनुभएको छ । नेपाली जनता र संविधानमाथि गरेको अपराधको पाप पखाल्न पशुपतिमा पुगेर ओलीले दिप बत्ती बाल्न थालेको नेता रावलले आरोप लगलगाउनुभएको हो । गमगढीमा मंप्रचण्ड (नेपाल समूहले आयोजना गरेको विरोध सभामा बोल्दै रावालले प्रधानमन्त्रीले संविधान कुल्चेर संसद विघटन गरेको बताउनुभयो ।

’संसद् विघटनको चौतर्फी विरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न प्रधानमन्त्री पशुपति पुगेका हुन्,’ रावलले भन्नुभयोे,’ तर पशुपतिले प्रधानमन्त्रीलाई पापको क्षमा दिने छैनन् । ’ ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको, विदेशीसंग झुक्न थालेको, एमसीसी सम्झौता गर्ने, कानुन विरोधी काम गर्न थालेपछि पार्टीले उनका कार्यशैलीलाई रोक्न निर्देशन मात्र दिएको रावलको भनाई छ ।

प्रधामन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणमा चासो नदिएर उल्टै भ्रष्टाचार गर्ने व्यक्तिलाई ढाकछोपमा राखेको रावलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू