अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२० | Colorodo: 15:35

अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्न एकद्वार प्रणाली शुरू हुने

बिआरटीनेपाल २०७७ माघ ७ गते ७:२५ मा प्रकाशित

अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न नेपाल राष्ट्रिय एकद्वार प्रणाली शुरु हुने भएको छ । आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न एकद्वार प्रणाली शुरु हुने भएको हो ।

अर्थ मन्त्रालयमा बुधवार आयोजित भएको कार्यक्रममा आगामी सातादेखि यो प्रणाली शुरु हुने भन्सार विभागले जानकारी दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रमा यस प्रणाली शुरु गरिने छ । तीन ओटा विभागबाट शुरु गरिने कार्यक्रम चरणवद्ध रुपमा विस्तार गरिनेछ जसमा सरकारी र निजी क्षेत्र रहनेछन् ।

प्रतिक्रिया