अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३८ | Colorodo: 06:53

होटलमा लगेर परीक्षा लिने कास्कीको एक विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षक पक्राउ

बिआरटीनेपाल २०७७ माघ ६ गते ७:१६ मा प्रकाशित

कास्कीको एक विद्यालयकी छात्रालाई कक्षा ११ को परीक्षा होटलमा पुर्याएर लिएको आरोपमा तीनजना शिक्षक पक्राउ परेका छन्। राष्ट्रिय माध्यमिक विद्यालयका तीन जना शिक्षकलाई कास्की प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र शिक्षक ४० वर्षीय शिरीष कुमार बस्ताकोटी छन्। उनीहरुले ऐच्छिक अंग्रेजी र शैक्षणिक विधिको परीक्षा एक छात्रालाई होटल पुर्याएर लेखाएको कास्की प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका छात्रालाई होटलमा परीक्षा लिएको उजुरी पछि राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू