अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 22:43

‘नेपाल हाम्रो भाई हो रिसाए पनि फकाउँछौं’– भारतीय रक्षामन्त्री सिंह

बिआरटीनेपाल २०७७ माघ ६ गते ७:१५ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट नदिएको भनेर भारतको चर्को आलोचना भइराख्दा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँग भारतको प्रगाढ सम्बन्ध रहेको बताउनुभएको छ ।

नेपालले जे भनेपनि छिमेकीका साथसाथै नेपाल आफ्नो छोटा भाइ भएको प्रतिक्रिया दिँदै सिंहले नेपालसँग शत्रुताको कुरा कल्पना गर्नै नसक्ने बताउनुभयो । भारतीय टेलिभिजन आजतकमा पत्रकार प्रभु चावलासँगको अन्तर्वार्तामा मन्त्री सिंहले आफ्नो भाई केही कुरामा रिसाएपनि त्यसलाई बसेर फकाउने बताउनुभयो ।

सिंहले भन्नुभयो, ‘नेपाल र भारतबीच सांस्कृतिक र सामाजिक सम्बन्ध भएकोले नेपालसँग कुनैपनि विषयमा झगडा गर्नै सकिदैन् ।’ नेपाल र भारतबीच रोटी बेटीको सम्बन्ध भएकाले त्यसलाई टुट्न नदिने उहाँले बताउनुभयो । नेपालको जमिनमा सडक बनाएको कुरामा स्टेटमेण्ट आएको कुरामा पत्रकार चावलाले प्रश्न गर्दा सिंहले नेपाल र भारत भाइ भाई भएको र भाई भाईबीच जग्गा केही मिचामिच भएपनि त्यसलाई सुल्झाउने बताउनुभयो ।

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने लिंकको ट्र्याकको उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनाव बढेको हो । सो सडक नेपालको भूमिमा निर्माण गरिएको भन्दै नेपालमा व्यापक विरोध भएको थियो ।

नेपालमा चर्को विरोध भएपछि उहाँले त्यतिबेला पनि नेपाललाई कुनै आरोपप्रत्यारोप लगाउने पक्षमा आफू नभएको बताउनु भएकोे थियो । तर, भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेले भने नेपालले चीनको इसारामा विरोध गरेको अभिव्यक्ति दिनु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू