अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४४ | Colorodo: 08:59

संसद् पुनस्थापना हुनु राजसंस्था स्थापनातर्फ लाग्नु हो : गृहमन्त्री

बिआरटीनेपाल २०७७ माघ ४ गते ५:०५ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले संसद् पुनर्स्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापनातर्फ लाग्नु भएको बताउनु भएको छ । नेकपाले आज धनकुटामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अब निर्वाचनका लागि सबै तयार हुनुपर्ने बताउनु भएको हो ।

गृहमन्त्री थापाले जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद् पुनर्स्थापना को नारा लिएर हिड्नेहरु पश्चगामी भएको आरोप समेत लगाउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू