अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०४ | Colorodo: 18:19

चुनावको निर्णय अदालतले गर्छ – राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

बिआरटीनेपाल २०७७ माघ २ गते ८:०८ मा प्रकाशित

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चुनाव हुने वा नहुने भन्ने निर्णय सर्वाेच्च अदालतको फैसलामा निर्भर हुने बताउनुभएको छ । पत्रकार महासंघ कास्कीको साधारणसभामा शुक्रबार बोल्दै तिमिल्सिनाले संसद विघटन सम्बन्धी मुद्धा अदालतमा विचाराधिन रहेकाले अब चुनाव हुने नहुने भन्ने निर्णय पनि अदालतकै फैसलामा भर पर्ने बताउनुभयो ।

चुनाव हुँदैन भनेर अहिल्यै जनतामा नकारात्मक सन्देश दिन नहुने उल्लेख गर्दै उहाँले अदालतले संसद विघटन गर्ने कदमलाई सदर गरे चुनाव हुने तर संसद पुर्नस्थापना भए त्यही अनुसार हुने बताउनुभयो । तिमिल्सिनाले चुनाव हुनुपर्छ र हुन्छ भनेर जानुपर्नेमा जोड समेत दिनुभयो । सर्वोच्च अदालतको फैसला संसद विघटनको पक्षमा आए कुनैपनि हालतमा तोकिएकै मितिमा चुनाव हुने उहाको दावी थियो ।

अध्यक्ष तिमिल्सिनाले अझैपनि सम्हालिने ठाउँ भए सम्हालिन नेकपालाई आग्रह गर्नुभएको छ । बहुमतको सरकारले पूर्ण कार्यकाल बिताउन नपाउनु ठूलो विडम्वना भएको उल्लेख गर्दै उहाँले सामाजिक र विकास निर्माणमापनि यसले दीर्घैकालीन असर पार्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले पूर्व एमाले र नेकपा माओवादी मिलेर चुनाव लड्दा देशैभर स्थिरताको आशाले जनताले मत दिएपनि नेकपाले स्थिरता दिन नसकेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू