अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

कालीकोटमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

बिआरटीनेपाल २०७७ पुष २९ गते ८:१२ मा प्रकाशित

कालिकोटको नरहरिनाथ ७ माल्कोट दुदुल्लीका २९ वर्षीय भैरै बटालाले खरको छाना भएको आफ्नै घरमा आगो लगाउँदा दुई छोरोको जलेर मृत्यु भएको छ । घरायसी झगडाले बुधबार बिहान ४ बजे घरमा छोरा सुतिरहेको अवस्थामा आगो लगाएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरी कुटपिट भएपछि पुस ९ गतेदेखि २७ वर्षीया पत्नी लालकौरा माइतीघर कुमालगाउ गएकी थिइन् ।

घरमा आगलागी हुँदा भैरैका १२ वर्षीय छोरा गणेश, ९ वर्षीय मनबहादुरको मृत्यु भएको हो भने ४ वर्षीय कान्छा छोरा खगेन्द्र घाइते छन् । घरमा आगो लगाएपछि आफूले पनि विष सेवन गरेको र ४ वर्षीय कान्छा छोरा खगेन्द्रलाई विष खुवाएको जिल्ला प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । भैरेलाई प्रहरीले पक्राउ गरेर मान्म लगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू