अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०७ | Colorodo: 23:22

आन्दोलन फिर्ता लिन उखु किसानलाइ मन्त्री भट्टको आग्रह

बिआरटीनेपाल २०७७ पुष ३ गते ८:१३ मा प्रकाशित

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आन्दोलन स्थगित गर्न आन्दोलनरत उखु किसानलाई आग्रह गर्नुभएको छ । आज आन्दोलनरत उखु किसानलाइ भेट्न माइतीघर पुग्नुभएका मन्त्री भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृ्रृदयेश त्रिपाठीले आन्दोलन रोक्न उखु किसानलाइ आग्रह गर्नुभएको हो । मन्त्री भट्टले उखु किसानका अगुवालाई भेटेर चिनी उद्योगले रकम भुक्नानी दिन सुरु गरेको भन्दै आन्दोलन स्थगित गर्न आग्रह गर्नुभयो ।

श्रीराम सुगर मिलले किसानलाई वितरण गर्न मिल्ने गरी १६ करोड रुपैयाँ जम्मा गरिसकेको र सकेसम्म भोली देखिनै रकम वितरण थाल्न राष्ट्रिय वाणिज्य बैकलाई अनुरोध गर्ने मन्त्री भट्टले बताउनुभयो । मन्त्री भट्टले अरु चिनी उद्योगहरुलाई पनि रकम तिर्न ताकेता गर्ने भन्दै आन्दोलन स्थगित गर्न आग्रह गर्नुभएको छ ।

उखु किसानहरुले पर्सि सम्म भुक्तानीको अवस्था हेरेर आन्दोलन अघि बढाउने वा नबढाउने निर्णय गर्ने जवाफ दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू