अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

गृह मन्त्रालयद्वारा १८ सिडिओहरूको सरुवा र हेरफेर

बिआरटीनेपाल २०७७ पुष ३ गते ८:११ मा प्रकाशित

गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी १८ जनाको सरूवा गरेको छ। गृहमन्त्री रामबहादुर थापाले शुक्रबार सिडिओ (सहसचिव र उपसचिव) हरूको हेरफेर गर्नुभएको हो । गृहको सरूवा सूचीअनुसार ललितपुरमा प्रमुख जिल्ला अधिकारी फेरिएका छन्। त्यहाँ गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौलाको सरूवा भएको छ।

ललितपुरका नारायणप्रसाद भट्टलाई प्रदेश नम्बर ३ को सचिवमा पठाइएको छ। गृहको सरुवा अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको महोत्तरी सरूवा भएको छ। धनकुटामा गृहबाट बासुदेव दाहाल जानुभएको छ । रामेछापकी रुद्रादेवी शर्माको गुल्मी सरूवा भएको छ। पाँचथरका अर्जुनकुमार शर्माको रामेछाप, खोटाङका शालिग्राम शर्मा पौडेलको गृह मन्त्रालयमा सरूवा भएको छ ।

यसैगरी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी (उपसचिव) कृष्णबहादुर कटुवालको कारागार झुम्का, वसन्तराज पुरीको भोजपुरबाट इलाका प्रशासन कार्यालय इटहरी, कर्मचारी संगठनका पूर्वअध्यक्ष पुण्य ढकालको पाँचथर सरूवा भएको छ। पाँचथरमा सहसचिव पठाउँदै आएकोमा यसपटक गृह मन्त्रालयबाट उपसचिवलाई नै प्रजिअ तोकेर पठाइएको हो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू