अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०७ | Colorodo: 07:22

उखु किसानद्धारा हलो–जुवासहित प्रदर्शन

बिआरटीनेपाल २०७७ पुष २ गते ६:४८ मा प्रकाशित

आन्दोलनरत उखु किसानले काठमाडौंमा हलो र जुवासहित प्रदर्शन गरेका छन् । विगत पाँच दिनदेखि कठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिरहेका उखु किसानहरुले बिहीबार हलो र जुवासहित प्रदर्शन गरेका हुन् ।

सर्लाहीबाट आएका कृषकले चिनी उद्योगलाई बेचेको उखुको बक्यौता रकम पाउनुपर्ने माग गर्दै प्रदर्शन गरिरहेका हुन् । किसानले किसानको परम्परागत कृषि उपकरण हलो, जुवासहित प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनस्थलमा यी सामग्रीका अतिरिक्त उखुका लाक्रासमेत राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू