अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४ | Colorodo: 20:49

सुनको मूल्य तोलामा ८ सयले बढ्यो

बिआरटीनेपाल २०७७ पुष १ गते ६:५९ मा प्रकाशित

नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सयले बढेको छ । मंगलबार तोलामा ९२ हजार ३ सयमा कारोबार भएको छापावल सुनको मूल्य बुधबार ९३ हजार एक सय रुपैयाँ तोकिएको छ । सुनको धेरै मात्रामा खपत हुने मंसिर महिना सकिने बित्तिक्कै सुनको भाउ बढेको हो ।

तेजाबी सुनको भाउ ९२ हजार ६५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बुधबार तोलामा ३० रुपैयाँ बढेको छ । मंगलबार १२ सय प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बुधबार १२ सय ३० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया