अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

गायक राज सिग्देलको स्वरमा थियौ तिमी दिलमा

बिआरटीनेपाल २०७७ मंसिर २५ गते ८:५९ मा प्रकाशित

नेपाली सुगम सङ्गीतका लोकप्रिय गायक राज सिग्देलको स्वरमा “थियौ तिमी दिलमा” गजल हालै सार्वजनिक गरिएको छ । गजलकार डा ऋषि बस्ताकोटीको रचना र राजेश थापाको सङ्गीत रहेको उक्त गजलमा रिदम कंडेलले सङ्गीत संयोजन गरेका छन् । काठमाडौंको ए-प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ कुशल थापाले गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग (ध्वनि सम्पादन) चाही साजन शाहले गरेका छन् । दटच कृयसनले बजारमा ल्याएको उक्त गजलमा गायकराज सिग्देल कै अभिनय देख्न सकिन्छ । भिडियो प्रवेशराइको छायाङ्कन, सुवास शाह र अल्बर्ट बस्तकोटीको सम्पादनमा तयार पारिएको हो ।

हेर्ने गीतको प्रभाव बढिरहेको समयमा आफूहरूले गम्भीर प्रकृतिको सुन्ने गीत/गजल ल्याएको र आफ्ना पुराना सिर्जना जस्तै यो गजल पनि स्रोता- दर्शकले मन पराइदिनेमा आफू आशावादी भएको विश्वास व्यक्तगर्छन गायक राज सिग्देल । राज सिग्देलको स्वरमा सजिएका “ऊ जितेर गइया हारेर गई” लगायतका गीतहरूनिकै लोकप्रिय छन् । दुई दशक लामो संगीतिक जीवनमा विभिन्न साङ्गीतिक प्रयोग गर्दै आएका सङ्गीतकार राजेश थापाले यो गजलमा स्रुति मिठास आउने गरी केही भिन्न प्रयोगको प्रयास गरेको बताउँछन् । राजेशले सङ्गीत गरेका हुरीमा दियो जलेको देख्छु लगाएतका लोकप्रिय गीतहरू साङ्गीतिक बजारमा छन् ।

गजल लेखनमा करिब साढे दुइ दशक भन्दा लामो इतिहास बनाएका साहित्यकार डा ऋषि बस्तकोटीले यो गजलमा प्रेम मनोविज्ञानको भित्री तहमा पुगेर वियोगान्त कथालाई सुललित ढङ्गले प्रस्तुत गरेका छन् । डा ऋषि बस्ताकोटीका यस अघि “ज्वालाका रापहरू” गजल सङ्ग्रह र “गजल स्पर्श” गजल एल्बम प्रकाशित छन् भने अन्य फुटकर गीत गजलहरू पनि नेपालका प्रतिष्ठितसंगीतकार र गायक गायिकाहरूसंगको सहकार्यमा नियमित रूपमा साङ्गीतिक बजारमा आएका छन् । पेसाले वातावरण विज्ञ डा बस्ताकोटी प्रवासमा साहित्यिक र सामाजिक अभियानमा सक्रिय छन् ।

ऋषि, राज, राजेश र रिदमको सहकार्यमा आएको “थियौ तिमी दिलमा” गजलले पनि स्रोताहरुको मन जित्ने विस्वास गरिएको छ । यो संगीतिक गजलका स्रष्टाहरूले यो गजलका एक पटक हेरिदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया