अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१
| Colorodo: 14:56
पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत २ जना, मणिपाल हस्पिटलमा उपचाररत् १ जना र फिस्टेल हस्पिटलमा उपचाररत १ जनाको कोरोनाबाट मृत्यु भएको हो ।
मंसिर २४ गते कोरोना पुष्टि भई उपचाररत् पोखरा ७ का ६५ वर्षीय पुरुष, तनहुँ शुक्लागण्डकी ८ का ७४ वर्षीय पुरुषको उपचार कै क्रममा मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
त्यसै गरी पोखरा– १० का ८१ वर्षीय पुरुष र पोखरा १३ का ५१ वर्षीया पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८० पुगेको छ ।