अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

जावलाखेलको सदर चिडियाखाना बिहीबारबाट खुल्ने

बिआरटीनेपाल २०७७ मंसिर २४ गते ७:०९ मा प्रकाशित

कोरोना महामारी सुरु भएसँगै गत चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने भएको छ ।सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको चिडियाखानाका प्रमुख डा. चिरञ्जिवीप्रसाद पोखरेले जानकारी दिनुभयो ।

अवलोकन गर्न आउनेले अनिवार्य मास्क लगाउने र भौतिक दूरी कायम गर्नुपर्ने छ । एकपटकमा ७ सयदेखि ८ सय जनासम्म दर्शक चिडियाखाना भित्र प्रवेश गर्न पाउने छन् ।भित्र प्रवेश गरेको दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने पनि उहाँले बताउनुभयो ।हरेक दिन दुई हजारदेखि तीन हजार दर्शकले चिडियाखाना अवलोकन गर्ने गरेको पोखरेलले जानकारी दिनुभयो ।

चिडियाखाना लामो समयदेखि बन्द हुँदा आर्थिक अभाव भएपछि चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन ललितपुर महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको थियो । चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ८० वन्यजन्तु रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू