अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०७ | Colorodo: 17:22

‘स्वास्थ्य मापदण्ड पूरा गरेर संसद् बैठक चलाउन सकिन्छ’– बिज्ञ

बिआरटीनेपाल २०७७ मंसिर २४ गते ६:४२ मा प्रकाशित

सरुवारोग विशेषज्ञहरुले स्वास्थ्य मापदण्ड पूरा गरेर कोरोना महामारीका बीच पनि संसद् बैठक चलाउन सकिने बताएका छन् ।संघीय संसद्, सचिवालयले कोभिड–१९ संक्रमणका बीच संसद् चलाउने विषयमा बुधबार विज्ञहरुसँग गरेको छलफलमा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले सर्तक भएर स्वास्थ्य मापदण्ड पूरा गरेर संसद् बैठक चलाउन सकिने बताउनुभयो ।उहाँले इमान्दारीताका साथ भौतिक दूरी र स्वास्थ्य मापदण्डमा भने विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

छलफलमा पूर्वसांसद जनकराज जोशीले थोरै सांसदको उपस्थितिमा सदनको बैठक चलाउन सक्ने गरी व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।उहाँले दूरीको पालना हुन नसक्ने तथा लामो छलफल हुने अवस्थामा ‘हाइब्रिड’ तरिकाले संसद् चलाउन सकिने धारणा राख्नुभयो ।

अहिलेको संसद् नियमावलीमा हाइब्रिड संसद्बारे व्यवस्था नभएकाले सभामुखले एक संकल्प प्रस्ताव ल्याएर तत्काल निकास दिनसक्ने पूर्वसांसद जोशीको सुझाव छ । छलफलमा सहभागी विज्ञहरुले संसद् सुचारु गर्ने विषयमा राजनीतिक दलहरुबीच मतैक्यता हुन आवश्यक रहेको धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू