अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ देश बचाऔँ भनौँः अध्यक्ष कमल थापा

बिआरटीनेपाल २०७७ मंसिर २२ गते ६:४३ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताउनुभएको छ । सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा उनले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताउनुभयो ।

अध्यक्ष थापाले भन्नुभयो, ‘राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ देश बचाऔँ भनौँ,’ भन्नुपर्यो । उहाँले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनु पर्ने बताउनुभयो । अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गर्नुभएको छ ।

पार्टीका अर्का अध्यक्ष पशुपति शमशेर जबराले ‘सरकारले सिन्को पनि नभाँचेको’ आरोप लगाउनुभयो । अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले राष्ट्रपति विद्यादेवी भण्डारी एउटा पार्टी र त्यसको एउटा समूहको जस्तोमात्र देखिएको आरोप लगाउनुभयो । यस्तै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता लोकेन्द्रबहादुर चन्दले पार्टीले जे निर्णय गर्छ त्यसमा आफ्नो सहमति हुने बताउनुभयो ।

पार्टीको झण्डोत्तोलन पूर्व प्रधानमन्त्री चन्दले गर्नुभएको थियो भने चुनाव चिन्ह अध्यक्ष त्रय कमल थापा, पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबाट सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू