अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

सगरमाथाको नयाँ उचाईं मंगलवार घोषणा गर्ने तयारी

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ७:०४ मा प्रकाशित

सरकारले सगरमाथाको उचाईं घोषणा गर्ने अन्तिम तयारी गरेको छ ।नापी विभागले मंगलबार सगरमाथाको उचाईं घोषणा गर्ने तयारी गरेको हो । तर घोषणा गर्ने औपचारिक मितिबारे सोमबार टुङ्गो लाग्ने विभागले जानकारी दिएको छ । समभव भएसम्म मंगलबार नै घोषणा गर्ने गरी तयारी गरिएको विभागका सूचना अधिकारी दामोदर ढकालले बताउनुभयो । केही काम अझै बाकी नै रहेकाले मंगलबार नै औपचारिक घोषणा गर्ने निश्चित भने नरहेको उहाँको भनाइ छ ।

मंसिर १० मा बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाईं घोषणा गर्न अनुमति दिएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक तयारी शुरु गरेको थियो ।गत वर्ष चीनका राष्ट्रपति सि चिङफिङको नेपाल भ्रमण क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । सोहीबमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्त रूपमा सगरमाथाको उचाइ मापन कार्य शुरु गरेको थियो ।

नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनले सगरमाथाको उचाईं मापन गरेको हो । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा सगरमथाको उचाइ मापन गरेको थियो । त्यहस बेला कायम गरेको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर हालसम्म कायम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू