अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

नेकपाको स्थायी कमिटी बैठक एक हप्ता सम्मलाई स्थगित

बिआरटीनेपाल २०७७ मंसिर २१ गते ६:४४ मा प्रकाशित

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्ता सम्मलाई स्थगित भएको छ । आजबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक मंसिर २८ सम्मलाई स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव पेश भएको थियो । उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि हुनुभएको थिएन । तर, ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाउनुभएको थियो ।प्रधानमन्त्रीले पठाउनुभएको पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाउनुभएको थियो । पत्रमा ओलीले पुरानै अडान दाहोर्याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

ओलीले अर्का अध्यक्ष प्रचण्डको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्य नभएको भन्दै त्यसको फिर्ताको अडान राख्नुभएको छ । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुष ५ लाई सरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू