अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 00:33

लकडाउनपछि नेपालमा खाद्यान्नको आयात १७ अर्बले बढ्यो

बिआरटीनेपाल २०७७ मंसिर २० गते ७:२६ मा प्रकाशित

सरकारले गत चैतबाट गरेको लकडाउनपछि खाद्यान्नको आयात झन्डै साढे १७ अर्बले बढेको छ । भन्सार विभागको अनुसार २०७५/०७६ को चैतदेखि कात्तिकसम्मको अवधिमा २७ अर्ब ४४ करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो । तर, गतवर्षको चैतदेखि कात्तिकसम्म ४४ अर्ब ९० करोडको खाद्यान्न आयात भएको छ । यो अघिल्लो वर्षको यस्तै अवधिको भन्दा १७ अर्ब ४६ करोडले बढी हो । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार गत चैतदेखि कात्तिकसम्म चामलको आयात अघिल्लो पटकको यस्तै अवधिको तुलनामा ४६ प्रतिशतले बढेर १७ अर्ब ३० करोडको आयात भएको छ ।

२०७६ चैतदेखि २०७७ कात्तिकसम्मको अवधिमा चिनीको आयात १८ गुणा बढेको छ । यो अवधिमा चिनी मात्रै ६ अर्ब १४ करोड रुपैयाँको आयात भएको छ । गहुँको करिब डेढ गुणा अर्थात् १ सय १४ प्रतिशतले बढेर ९ अर्ब १४ करोड, दाल तथा गेडागुडीको ५५ प्रतिशतले बढेर १४ अर्ब २२ करोड को आयात गरिएको छ ।

धानको १ सय ३३ प्रतिशतले बढेर ६ अर्ब ९२ करोड, तोरी र रायोको आयात ७० प्रतिशत बढेर ७ अर्ब ८५ करोडको आयात भएको छ । यस्तै, भटमासको पिना, बेसार, आलु, कनिका, किटनाशक औषधि लगायतको खाद्यान्नमा आयातमा वृद्धि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू