अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२८ | Colorodo: 23:43

पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत, देशव्यापी प्रतिरोध गर्छौं – सभापति देउवा

बिआरटीनेपाल २०७७ मंसिर १७ गते ६:४२ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार र गिरिफ्तारी सर्वसत्तावादको संकेत भएको बताउनुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै उहाँले सरकारको त्यस्तो सर्वसत्तावादी प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी समेत दिनुभएको छ ।

“तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मतरुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ ,” देउवाको विज्ञप्तिमा भनिएको छ, “ सरकारको यो निन्दनीय व्यवहारको भ्रत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।”

सभापति देउवाले वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा पौडेलमाथिको घटना भएको भन्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू