अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३० | Colorodo: 01:45

विज्ञापन बोर्ड गठन, विज्ञापन संघको प्रतिनिधित्व नगराइएकामा आपत्ति

बिआरटीनेपाल २०७७ मंसिर १५ गते ६:५७ मा प्रकाशित

सरकारले नेपाल विज्ञापन संघ (आन) को प्रतिनिधित्व नै नगराई नेपाल विज्ञापन बोर्ड गठन गरेको छ ।सरकारले नवगठित बोर्डको सदस्यमा महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवारलाई मनोनित गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयबाट बोर्डमा रहने सदस्यहरुको मनोनयन गरिएको हो । नवनियुक्त सदस्यहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सोमबार नियुक्तिको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

यसलगत्तै मन्त्री गुरुङको अध्यक्षतामा बसेको बोर्ड बैठकले बबरमहलमा कार्यालय राखेर काम शुरु गर्ने र बोर्डको अर्को बैठक मंसिर २२ गते बस्ने निर्णय गरिएको नवनियुक्त एक सदस्यले जानकारी दिएका छन् । ९ं सदस्य रहने बोर्डमा तीन जना भने गृह, सञ्चार र उद्योग मन्त्रालयका सहसचिवको प्रतिनिधित्व रहने छ । बोर्डको अध्यक्ष भने प्रतिस्पर्धाका आधारमा सरकारले नियुक्त गर्नेछ ।

यता, विज्ञापन संघको प्रतिनिधित्व नगराएकोमा संघले भने आपत्ति जनाएको छ । संघका अध्यक्ष शशी शर्माले सरकारले गठन गरेको बोर्ड विज्ञापन बोर्ड नभई मिडिया क्लब जस्तो भएको प्रतिक्रिया दिनुभयो । उहाँले सरकारद्वारा गठित विज्ञापन बोर्ड पहिलो गाँसमै ढुंगासरह भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू