अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

तत्काल संसद अधिवेशन बोलाउन कांग्रेस नेता सिंहको माग

बिआरटीनेपाल २०७७ मंसिर १३ गते ६:३२ मा प्रकाशित

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गर्नुभएको छ । संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकेको उहाँको भनाइ छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेता सिंहले चाँडै संसद अधिवेशन आह्वान गर्न सरकारसँग माग गर्नुभयो ।

बजेट सेसन अपर्झट, विधि प्रक्रिया पूरा नगरिकन स्थगित गरिएको उल्लेख गर्दे उहाँले अब संसदको सेसन यो सरकारले चाँडै नै आह्वान गर्नेतिर लाग्नुपर्ने बताउनुभयो । जनप्रतिनिधिहरुले जनताका दुःख दर्दहरु र सरकारले गर्न नसकेका कामहरु संसदमा उठाएर सरकारलाई काम गर्न बाध्य बनाउनतिर लाग्नुपर्ने नेता सिंहको भनाई छ । नेता सिंहले तत्काल उपसभामुख चयन गर्नुपर्ने र संवैधानिक आयोगहरुलाई पूर्णता दिनुपर्ने पनि बताउनुभयो ।

ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकार भ्रष्ट भएको टिप्पणी गर्नुभयो । कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिंहले आपसी खिचातानीमा अल्झिने र देशलाई दुर्गतितिर धकेल्ने काम नगर्न पार्टीका नेताहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू