अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०३ | Colorodo: 18:18

बेनीबाट भैरहवा जाँदै गरेको बस आँबुखैरेनीमा दुर्घटना, १७ जना घाइते

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:१८ मा प्रकाशित

तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। बेनीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो पौने १ बजे आँबुखैरेनी गाउँपालिका– ३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। तनहुँका प्रवक्ता प्रहरी निरीक्षक सविता केसीले बस पुलबाट तल खसेको जानकारी दिनुभयो ।

बसले विपरीत दिशातर्फ जाँदै गरेको ना ३२ प ५२५४ नम्बरको स्कुटरलाई पनि ठक्कर दिएको थियो। उनका अनुसार स्कुटरमा रहेका एक बच्चासहित तीन जना घाइते छन्। बसमा १७ जना यात्रु सवार थिए । त्यसमध्ये चालक र सहचालकसहित १४ जना घाइते भएका छन् भने स्कुटरमा रहेका तीन जना गरी कुल १७ जना घाइते भएको बताईएको छ । घाइतेहरूको आँबुखैरेनीस्थित अस्पतालमा उपचार गरिएको छ। केही घाइतेलाई थप उपचारका लागि भरतपुर र पोखरा लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू