अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५० | Colorodo: 06:05

नेपालीले विदेशमा ५ अर्ब २९ करोड खर्चिँदा विदेशीद्धारा भने नेपालमा डेढ अर्ब मात्रै खर्च

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:१८ मा प्रकाशित

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भ्रमण आयमा साढे ९१ प्रतिशतले कमी आएको छ ।नेपाल राष्ट्र बैंकका अनुसार यो आर्थिक वर्षको साउन, भदौ र असोजमा भ्रमण आय अर्थात विदेशीले नेपालमा गर्ने खर्च १ अर्ब ४७ करोड रुपैयाँ मात्रै रहेको छ । जबकी गएको आर्थिक वर्षको पहिलो तीन महिनामा भ्रमण आय १७ अर्ब ३३ करोड रुपैयाँ थियो ।

यस्तै चालु आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालले विदेशमा खर्च गर्ने रकम पनि ७४ दशमलव ८ प्रतिशतले घटेर ५ अर्ब २९ करोड रुपैयाँमा सिमित भएको छ । यसमध्ये शिक्षातर्फ नेपालीले विदेशमा ४ अर्ब ४० करोड रुपैयाँ खर्च गरेका छन् । गएको आर्थिक वर्षको पहिलो ३ महिनामा नेपालीले विदेशमा २१ अर्ब रुपैयाँ खर्च गरेका थिए । जसमा शिक्षा तर्फको खर्च १० अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू